वि.सं. १९९६ ब्यवसायिक तालिम द्वारा रोजगारीको अवसर सृजना गर्ने उद्देश्यका साथ नेपाली कपडा र घरेलु ईलम प्रचार अड्डाको स्थापना भएको। आ.व.२०१३/०१४ मा घरेलु इलम केन्द्र नामाकरण भएको, आ.व.२०२१/०२२ मा अन्चल केन्द्र, वि.स.२०३० मा घरेलु तथा ग्रामिण उद्योग विभागको स्थापना र ७५ वटै जिल्लामा जिल्ला स्तरिय कार्यालयको स्थापना भएको। वि.सं.२०४९ मा घरेलु तथा साना उद्योग विभाग नामाकरण र यसै यसै वमोजिम हाल प्रदेश सरकार अन्तरगत ७७ वटै जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयहरु संचालनमा रहेको। राज्यको पुन संरचना पश्चात प्रदेश सरकार अन्तरगत संचालनमा रहेको।